पूर्वराष्ट्रपति भण्डारी एमाले फर्किने अवस्था छैन :  राई

असार २, २०८२

दीपेन्द्र शाक्य

Former President Bhandari UML is not likely to return: Rai

संखुवासभा —  एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा गलत प्रचार भएको दाबी गरेका छन् । भण्डारीले एमालेमा फर्किएर राजनीति गर्न नखोजेको पनि उनको भनाइ छ । 

सोमबार खाँदबारीमा प्रेस चौतारीले गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, 'उहाँका बारेमा अनावश्यक भ्रम सिर्जना गर्न खोजिएको हो र पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्किएर राजनीति गर्ने पक्षमा अहिलेसम्म कहीँ कतै देखिनुभएको छैन र कुरासम्म चलेको छैन ।'

२०८४ सालमा एमाले तीनै तहमा एक्लै भिड्ने पनि उनले बताएका छन् । कांग्रेस-एमालेको गठबन्धन सरकार ८४ सम्मे टिक्ने उनको दाबी छ । 'अहिलेको सरकार कसैको दबाब र प्रभावमा पदैन,' उनले भने 'सम्झौता अनुसार केही महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्नेछ ।'

दीपेन्द्र

Link copied successfully