गाेरखामा विकास याेजना काटिएको भन्दै संसद्काे दर्शकदीर्घामा बसे सांसद बजगाईं 

असार १, २०८२

कान्तिपुर संवाददाता

The MP sitting in the auditorium of the Parliament shouted that the development project in Garakha has been cut

काठमाडौँ — गाेरखामा विकास याेजना काटिएको विराेधमा कांग्रेस सांसद राजेन्द्र बजगाईंले विराेध गरेका छन् । प्रतिनिधिसभा आइतबारकाे बैठकमा सांसद बजगाईं आफ्नो सिटमा नभई सदनकाे दर्शकदीर्घामा बसेका हुन् ।

भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गाेरखाका विकास आयाेजना कटाैती गरेको उनले बताए । 'भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले न त प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन्, न त देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन् । त्यसैले उहाँ गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिन्छन्,' बजगाईंले भनेका छन्, 'गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भर्त्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ ।' 

मन्त्री दाहाल स्रोत साधनको समान वितरण गर्नबाट चुकेकाे बजगाईंले बताए । 

कान्तिपुर

Link copied successfully