काठमाडौँ — माओवादी सांसद देवेन्द्र पौडेलले इरान र इजरायलमा रहेका नेपालीहरुको सुरक्षाका लागि पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद पौडेलले करिब ७ हजार नेपाली इजरायलमा र केही नेपाली इरानमा पनि रहेको भन्दै उद्धारका लागि छिटो पहल गर्न आग्रह गरेका हुन् ।
‘इजरायल र इरानबीच भीषण लडाइँ भइरहेको छ । ७ हजा भन्दा बढी नेपाली इजरायलमा छन् । केही संख्यामा इरानमा पनि नेपाली रहेका छन् । उहाँहरूको सुरक्षाका निम्ति नेपाल सरकारले के पहल गरिरहेको छ ? उहाँहरूको सुरक्षाका लागि कूटनीतिक वृत्तबाट तदारुकतासथ पहल होस्,’ उनले भने ।
सांसद पौडेलले बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँमा यातायात प्रणाली अवरुद्ध भएको भन्दै छिटो मर्मत गर्न पनि आग्रह गरे ।
