एसईईमा यसपालि ६०-६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन्छन् : प्रधानमन्त्री

जेष्ठ ३०, २०८२

ज्योती श्रेष्ठ

60-65 percent of students pass SEE this year: Prime Minister

काभ्रे — प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको एसईई नतिजामा सुधार आउने बताएका छन् । शुक्रबार काठामाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त समारोहको दोस्रो चरणलाई सम्बोधन गर्दै एसईईमा सुधार आउने विश्वास दिलाए ।

‘गत वर्षको नतिजामा ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु नाजुक अवस्था हो,’ उनले भने, ‘उक्त नतिजामा सरकारले सुधारको काम गरिरहेको छ, यस वर्ष ६० देखि ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने सरकारले अनुमान गरेको छ ।’ एसइईमा सुधारसँगै सम्रग शिक्षा क्षेत्रको विकासको लागि सरकार सचेत रहेको उनको भनाइ थियो ।

शिक्षा र स्वास्थ्य क्षेत्रबाट देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उनले भने, ‘शिक्षित र स्वस्थ्य नागरिक नै देशको उपलब्धि हो, यस क्षेत्रका विकासका लागि सरकार सचेत छ ।’

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully