चिप्लिएर तातो दालको भाँडोमा परेका कैदीको मृत्यु

जेष्ठ २९, २०८२

विवेक पोख्रेल

Death of a prisoner who slipped and fell into a pot of hot lentils

काठमाडौँ — नख्खु कारागारमा सजाय भोगिरहेका एक कैदीको दाल पकाउने क्रममा चिप्लिएर मृत्यु भएको छ । कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका भान्सामा चिप्लिएर तातो दालको भाँडोमा परेका थिए ।

कारागार प्रशासक भीमराज कोइरालाका अनुसार आइतबार बिहान दुर्घटना भएको हो । गम्भीर रूपमा जलेका उनलाई तत्काल उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । तर उपचारका क्रममा बुधबार मृत्यु भएको कोइरालाले कान्तिपुरलाई जानकारी दिए ।

‘कारागारभित्र आन्तरिक प्रशासन हुन्छ,’ कोइरालाले भने, ‘सो प्रशासनले कामको बाँडफाँट गर्छ, उनी भान्साको काम गर्दै आएका थिए ।’

मृतकको २० वर्षको कैद अवधि २०८७ मा सकिँदै थियो । कारागारले परिवारलाई मृतको शव बुझाइसकेको छ । 

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully