काठमाडौँ — प्रतिपक्षी दलहरुले आज पनि संसद् बैठक अवरुद्ध पारेका छन् । सभामुख देवराज घिमिरेले आजको बैठक सुरु भएको जानकारी गराएलगत्तै प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानबाट उठेर नारावाजी गर्दै संसद् अवरुद्ध गरेका हुन् ।
भिजिट भिसा प्रकरणलाई लिएर जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । सुरुमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गरेका विपक्षी दलहरू पछिल्लो समय न्यायिक वा संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।
भिजिट भिसा प्रकरणको छानबिन कसरी गर्ने भन्नेमा दलहरूबीच सहमति नहुँदा प्रतिनिधिसभा बैठक बारम्बार अवरुद्द भइरहेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३:१५ का लागि सारिएको थियो ।