काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु उठेका थिए । सभामुखले सदन चलाउन सांसदहरुलाई बस्न आग्रह गरे पनि बस्न मानेनन् । उनले आधा घण्टाका लागि बैठक स्थगितको घोषणा गरे ।
भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिन समिति बनाउनुपर्नेलगायत माग राखी विपक्षी दलहरूले संसद्मा अवरोध गर्दै आएका छन् । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभामा १३ जेठदेखि जारी अवरोध जारी छ ।
