तीन दलका प्रमुख सचेतकसँग सभामुखले गरे छलफल

गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको मागमा सहमत हुन नसक्ने सत्तारुढ दलको अडान

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

The speaker discussed with the chief whips of the three parties

काठमाडौँ — सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् । सभामुखले सिंहदरबारमा आइतबार बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका हुन् । 

सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक-पटक संसद् बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाए । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे ।

The speaker discussed with the chief whips of the three partiesप्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आज नै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए ।  सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याए ।

प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully