संसद्‍मा अवरोधबारे विपक्षी दलहरूको बैठक

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

Opposition parties meet on obstruction in Parliament

काठमाडौँ — संसद्‍मा अवरोध र समसामयिक विषयबारे प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन् । बैठक विपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ। छलफलमा माओवादीसहित रास्वपा, नेकपा एसका नेताहरू र आजपा अध्यक्ष एवं सांसद प्रभु साह उपस्थित छन् ।

पछिल्लो समय विपक्षी दलहरूले २०६४ यताका अध्यागमन विषयमा छानबिन गर्न न्यायिक वा संसदीय समिति गठनको माग अगाडि सारेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाबाट पछाडि हटेका  विपक्षी दलहरू छानबिन समितिको अडानमा छन् ।

सत्तापक्षले भने छानबिन समिति पनि गठन नहुने र गृहमन्त्रीले राजीनामा पनि नगर्ने अडान राख्दै आएको छ । यसैबीच शनिबार प्रमुख प्रतिपक्षी दलका नेता दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । संसद्‍मा जारी अवरोधबारे दुवै नेताबीच छलफल भएको थियो । 

कान्तिपुर

Link copied successfully