प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

House of Representatives meeting adjourned till 2 pm on Monday

काठमाडौँ — प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । आइतबार पटकपटक सरेर साँझ साढे ६ बजे बैठक सुरु भएको थियो ।

सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांसदहरुलाई बस्न आग्रह गरे पनि बस्न नमानेपछि सभामुखले बैठक जेठ २६ सोमबार दिउँसोसम्मका लागि स्थगित गरेका हुन् ।

भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिन समिति बनाउनुपर्नेलगायत माग राखी विपक्षी दलहरूले संसद्‍मा अवरोध गर्दै आएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully