अमेरिकाले डिपोर्ट गरेका ४८ नेपाली बंगलादेश हुँदै काठमाडौं आउँदै

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

48 Nepalis deported by America are coming to Kathmandu via Bangladesh

काठमाडौँ — अमेरिकाको निष्कासनमा परेका ४८ जना नेपाली नागरिक चार्टर उडानबाट आइतबार साँझ आइपुग्ने भएका छन् । अमेरिकी अध्यागमनसम्बन्धी कानुन उल्लंघन गरेको कसुरमा दोषी ठहर भएपछि उनीहरूलाई नेपाल फिर्ता पठाइएको हो । 

अमेरिकाले ओम्नी एयर इन्टरनेसनलको कल-साइन एन ४८६ एएक्सबाट उनीहरूलाई नेपाल पठाएको हो । उक्त विमान भारत हुँदै बंगलादेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदैछ ।  

अमेरिकी अधिकारीहरूसहितको उक्त चार्टर विमान भारतीय र बंगलादेशी नागरिकलाई समेत सम्बन्धित देशको जिम्मा लगाएर काठमाडौं आउन लागेको हो । दोस्रो कार्यकालका लागि डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएर २० जनवरी २०२५ पदभार सम्हालेसँगै अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आप्रवासीहरूलाई निष्कासन गर्ने नीति लिएको हो ।

त्यसयता अमेरिकाबाट १४० नेपाली डिपोर्टमा परिसकेका छन् । एक पटक चार्टर विमान र बाँकीलाई नियमित उडानबाट स्वदेश फर्काइएको थियो । यस पटक भने ४८ जनालाई भने एकैपटक चार्टर विमानबाट नेपाल छाड्न लागिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully