पहिरोमा पुरियो नेपाल-चीन सीमाको ७१ नम्बर स्तम्भ

जेष्ठ २४, २०८२

रासस

Pillar number 71 of the Nepal-China border was destroyed by landslides

काठमाडौँ — सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथांकामा बाढीपहिरोले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ ।

अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथांका नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए ।

'भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा जेठ १८ मा आएको बाढीले सीमास्तम्भ बगाएको हो,' उनले भने, '७१ नम्बरको सीमास्तम्भ पुरिएर हराएको छ ।'

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी किमाथांकाबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ ।

रासस

Link copied successfully