गणतन्त्र व्यवस्था मात्र नभएर यो संस्कार हो : महामन्त्री थापा

जेष्ठ २३, २०८२

एलिना राई

Republic is not just a system but it is a culture: Mahamantri Thapa

धरान — कांग्रेस महामन्त्री गगन थापाले गणतन्त्र व्यवस्था मात्र नभएर यो संस्कार भएको बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी याक्थुङ संघको प्रथम महाधिवेशनमा सम्बोधनका क्रममा उनले पछिल्लो समय गणतन्त्रविरोधी भाष्य निर्माण भएको भन्दै राजतन्त्र फर्किने कल्पनासमेत गर्न नसकिने बताए ।

 संघीयताको विकल्पबारे पनि नसोच्न उनले आग्रह गरेका छन् । 

कांग्रेसका नेताहरू नै विचलित भएर संघीयताको विरोध गरेको भन्दै उनले त्यसमा स्पष्ट हुनुपर्ने बताए ।

अन्य पार्टीभन्दा अगाडि कांग्रेस संघीयता र विकेन्द्रीकरणको पक्षमा उभिएको दाबी गर्नै उनले भने, 'गणतन्त्र आफ्नो धर्म र जातमा विश्वास गर्दैगर्दा अर्को जात र धर्मको सम्मानभाव आउने व्यवस्था हो ।'

'नेपाली राज्यको धर्म न्याय गर्नु, विभेद नगर्नु, सम्मान गर्नु हो । मञ्चमा र मनमा एउटै कुरा स्पष्टताका साथ राख्नसक्नु गणतन्त्र हो,' उनले भने, 'महिला, दलित, जनजाति वा अन्य समुदायप्रति मन्चमा जे बोकिन्छ, गोप्य कोठामा पनि त्यही भाव विकास हुनु गणतन्त्र हो ।'

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully