बाजुराको बाम्का बजारमा आगलागी, ४० पसल जले

जेष्ठ २३, २०८२

अर्जुन शाह

Fire in Bamka market of Bajura, 40 shops burnt down

धनगढी — बाजुराको बाम्का बजारमा शुक्रबार दिउँसो आगलागी भएको छ । बुढीगंगा नगरपालिका ६ साँफे-मार्तडी सडकखण्डमा पर्ने  बाम्का बजारमा आगलागी भएको हो ।

आगलागीमा ४० भन्दा बढी पसलहरू जलेर पूर्ण रूपमा नष्ट भएको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए । 

Fire in Bamka market of Bajura, 40 shops burnt downनगरप्रमुख बानियाँका अनुसार नवदुर्गा होटलबाट ग्यास पड्केर आगलागी भएको हो । दमकल नभएकाले आगो समयमै नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन् । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully