प्रतिनिधिसभाको दिउँसो १ बजे बोलाइएको बैठक साढे ५ मा सुरु, विपक्षीद्वारा अवरुद्ध

जेष्ठ २२, २०८२

कान्तिपुर संवाददाता

The meeting of the House of Representatives, which was called at 1 pm, started at 5:30, interrupted by the opposition

काठमाडौँ — प्रतिनिधिसभाको दिउँसो १ बजे बोलाइएको बैठक अपराह्न साढे ५ बजे सुरु भएको छ । बैठकमा विपक्षी दलहरूले उभिएर विरोध गरिरहेका छन् । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध गरिरहेका छन् । 

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे बोलाइए पनि विपक्षी दलहरूले उठाएका विषयमा सत्तापक्ष सहमत नहुँदा र विपक्षी दलहरू आफ्नो अडानबाट पछाडि नहट्दा अवरोधको अवस्था आएको हो । 

संसद्मा आफ्ना धारणा राख्नका लागि गृहमन्त्री लेखकले समय माग गरेका छन् । 

प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

कान्तिपुर

Link copied successfully