काठमाडौँ — वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी नुमा थाम्सुहाङ र सरिता चलाउनेसहित चार पत्रकार पुरस्कृत भएका छन्। वातावरण विभागले थाम्सुहाङलाई अनलाइन विधा र चलाउनेलाई टेलिभिजन विधातर्फ सम्मान गरेको हो।
त्यस्तै, रेडियो/एफएम विधाबाट दाङका ओपेन्द्र बस्नेत र पत्रपत्रिका तथा छापा विधाबाट अन्नपुर्ण पोस्टका विष्णु न्यौपाने पुरस्कृत भएका छन्। पुरस्कृत चारै जना पत्रकारहरूलाई बिहीबार वातावरण दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्माले नगदसहित पुरस्कृत गरिन्। पुरस्कारको राशी जनही ४० हजार रहेको छ।
वातावरण विभागले आर्थिक वर्ष २०७९/ ८० देखि वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार तथा सम्मान वितरण गर्दै आएको छ । विभागले वातावरण निरिक्षक नवीना महर्जन, गोविन्द लामिछाने र प्रकाश केसीलाई पनि सम्मान गरेको छ।
