त्रिविमा नेविसंघको तोडफोड : १ हप्तापछि पनि शिक्षा मन्त्रालय भन्छ- अध्ययन हुँदैछ 

जेष्ठ २१, २०८२

कान्तिपुर संवाददाता

Vandalism of the union in Tervima: Even after 1 week, the Ministry of Education says - the study is going on

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा तोडफोड भएको एक सातापछि विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले शिक्षामन्त्री रघुजी पन्त गृह प्रशासनको उच्च तहसँग परामर्शमा रहेको जनाएको छ । गत बुधबार सत्तारुढ नेविसंघबाट निर्वाचित स्ववियु अध्यक्षलगायतका पदाधिकारीले उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरी क्षति पुर्‍याएका थिए । 

त्रिवि कार्यकारी परिषद्ले दोषीलाई कारबाही गर्न प्रहरी वृत्त कीर्तिपुरमा उजुरी दिए पनि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छैन । प्रहरीले सार्वजनिक सम्पत्ति तोडफोड जस्तो आपराधिक घटनाको अनुसन्धान र कारबाही गर्न किटानी जाहेरी आवश्यक पर्ने भन्दै पन्छिँदै आएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति जारी गरेर सहकुलपति तथा शिक्षामन्त्रीले घटना सूक्ष्म अध्ययन गरिरहेको जनाएका छन् । ‘मन्त्रीज्यू यस्तो अनुशासनहीन र गैरकानुनी कार्यमा संलग्न जोसुकै भए पनि गम्भीर अनुसन्धानबाट पहिचान गरी तिनलाई कानुनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गर्दै सम्बन्धित पदाधिकारीलाई आवश्यक अनुरोध गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

 दोषी नेविसंघ कार्यकर्ताको गृहमन्त्री रमेश लेखकदेखि कांग्रेस सभपाति शेरबहादुर देउवाको संरक्षणमा रहेकाले कारबाहीको आशंका गरिएको छ । शिक्षा मन्त्रालयले भविष्यमा कुनै पनि विश्वविद्यालय तथा शैक्षिक संस्थामा यस्ता अप्रिय घटना हुन नदिने गरी सम्बन्धित पक्षबाट स्वतःस्फूर्त रूपमा सावधानीपूर्ण प्रत्यन गर्न पनि आग्रह गरेको छ । तोडफोडको घटनाप्रति ध्यानार्कषण भएको जनाउँदै मन्त्रालयले विश्वविद्यालयमा हिंसात्मक, गैरकानुनी र शैक्षिक क्यालेन्डरलाई बाधा पुर्‍याउने कार्य निन्दनीय र भर्त्सनायोग्य रहेको जनाएको छ ।

Vandalism of the union in Tervima: Even after 1 week, the Ministry of Education says - the study is going on

कान्तिपुर संवाददाता

Link copied successfully