काठमाडौँ — गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनका रूपमा लिनुपर्ने बताएका छन् ।
भक्तपुरको ऐतिहासिक दरबार स्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा” यादवले गणतन्त्रवादी आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने बताएका हुन् ।
पूर्वराष्ट्रपति यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको उल्लेख गर्दै यसलाई समयमै रोक्न सकिएन भने चुरे क्षेत्र थप कमजोर बन्न गई तराई मधेसको जनजीवन अझै सङ्कटग्रस्त हुने बताए ।
युवाहरूको विचार र सिर्जनशीलतालाई सम्मान गर्न आयोजित यस्ता कार्यक्रमले देशका युवालाई आफ्नै देशमा केही गर्छु भन्ने सन्देश दिने उनले बताए ।
