‘राइड सेयरिङ’ नियमावली स्थगनबारे पत्र आएपछि मात्रै गण्डकी सरकारले धारणा बनाउने

जेष्ठ २०, २०८२

दीपक परियार

The Gandaki government will make an opinion only after receiving the letter about the suspension of the 'Ride Sharing' regulation

पोखरा — संघीय सरकार र यातायात व्यवसायी संघबीच ‘राइड सेयरिङ’ नियमावली स्थगित गर्न गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति भएपनि गण्डकी प्रदेश सरकारले भने पत्र प्राप्त गरेपछि मात्रै धारणा सार्वजनिक गर्ने भएको छ । 

प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारीले हालसम्म पत्र नआइसकेको बताए ।

'सहमति भएको भन्ने सुनेका छौँ । पत्र प्राप्त भइसकेको छैन,' उनले भने, 'कस्तो बेहोराको पत्र आउँछ, त्यसअनुसार धारणा बनाउँछौँ ।' संघीय सरकारबाट स्थगनको पत्र आए के गर्ने भन्ने छलफलकै क्रममा रहेको उनले सुनाए । 

संघीय सरकार र यातायात व्यवसायीको कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहमतिको जानकारी दिने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने र प्रधानमन्त्री कार्यालयले गण्डकी सरकारलाई स्थगनका लागि पत्राचार गर्ने सहमति गरेको थियो ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully