नेपालमा पहिलोपटक 'मलबर विस्लिङ' चरा अभिलेख

जेष्ठ २०, २०८२

कान्तिपुर संवाददाता

'Malbar Whistling' bird record for the first time in Nepal

काठमाडौँ — नेपालमा पहिलोपटक ‘मलबर विस्लिङ’ प्रजातिको चरा अभिलेख गरिएको छ । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित गोलपार्क नजिक लुम्बिनी केबलकार स्टेसन क्षेत्रमा शुक्रबार उक्त चरा देखिएको हो ।

नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत देउबहादुर राना र अमृत नेपालीले चरा अवलोकन क्रममा अनौठो निलो रङको यो चरा देखेका हुन् । यसको निधारमा स्पष्ट 'भी' आकारको चम्किलो निलो थोप्लो, काँधमा उज्यालो निलो भाग र कालो चुच्चो छ । 

अवलोकनपछि उनीहरूले लिएको तस्बिर र भिडियो बर्डलाइफ इन्टरनेसनल र बम्बई नेचुरल हिस्ट्री सोसाइटी भारतका चराविज्ञलाई पठाइएको थियो । विस्तृत अध्ययन र तुलनापछि चरा मलबर विस्लिङ नै पुष्टि भएको अधिकृत रानाले बताए ।

'Malbar Whistling' bird record for the first time in Nepal

'नेपालमा यस प्रजातिको चराको पहिलो आधिकारिक अभिलेख भएको छ,' उनले भने, 'यो फिरन्ते हो वा यस क्षेत्रमा पहिले पत्ता नलागेको भन्ने विषयमा थप अनुसन्धान जरुरी छ ।' यो चरा भारतको पश्चिमी घाट र मध्य भारतमा मात्र पाइन्छ । 

कान्तिपुर

Link copied successfully