सरकार-यातायात व्यवसायीबीच दाेस्राे चरणकाे वार्ता हुँदै

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

The second phase of negotiations between the government and transport businessmen is going on

काठमाडौँ — आज बिहान सरकारसँग वार्तामा बसेका यातायात व्यवसायीहरु सरकारसँग दोस्रो चरणको वार्तामा बस्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले साढे २ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता हुने तयारी भएको बताए ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली ल्याएपछि त्यसको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलित छन् । गण्डकी प्रदेशमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प छ । हरेक दिन हजारौं यात्रुले सास्ती खेपिरहेका छन् । 

सोमबार बिहान यातायात व्यवसायीहरु गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एकानारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिहरुसँग वार्तामा बसेका थिए । सरकारले व्यवसायीहरुको समस्या समाधान गर्नका लागि पूर्वाधार निर्माण तथा यातायात महाशाखाका सहसचिव इन्जिनियर कृष्णराज पन्थको नेतृत्वमा १० सदस्य वार्ता समिति गठन गरेको छ ।

महासंघका अध्यक्ष विजयबहादुर स्वारका अनुसार बिहानकाे वार्तामा सरकारका तर्फबाट ७ र यातायात व्यवसायीका तर्फबाट ४ जना सहभागी थिए ।

कान्तिपुर

Link copied successfully