पठाओले भन्यो : अफलाइन राइडरदेखि होसियार

जेष्ठ १९, २०८२

कान्तिपुर संवाददाता

Pathao said: Beware of offline riders

काठमाडौँ — सार्वजनिक यातायात बन्द भएका बेला विभिन्न राइड सेयरिङले भाडा वृद्धि गरेको गुनासो आइरहेका बेला पठाओ नेपालले मोबाइल एपमा नियमित शुल्कबाहेक कुनै पनि भाडा वृद्धि नभएको जनाएको छ ।

यात्रुहरुलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न राइडरहरुलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरिरहेको पठाओको भनाइ छ ।

'अफलाइन यात्रा गर्दा सो को रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन हामी अनुरोध गर्दछौं,' पठाओले सामाजिक सञ्जालमार्फत भनेको छ । सुरक्षित र सुनिश्चित राइडका आगि अफलाइन यात्रा नगर्न भन्दै पठाओले अफलाइन यात्राले ठगी, डकैती, दुर्व्यवहारका घटना हुन सक्ने भन्दै सचेत गराएको छ ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली ल्याएपछि त्यसको विरोधमा सार्वजनिक यातायात व्यवसायीले आज देशभर सार्वजनिक सवारी ठप्प पारेका छन् ।

कान्तिपुर

Link copied successfully