राप्रपा सांसद सिंह प्रहरी परिसरबाटै पक्राउ

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

RP MP Singh was arrested from the police premises

काठमाडौँ — राप्रपा सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले उनी पक्राउ परेको बताए ।

उनले आन्दोलनकै क्रममा सिंहमाथि प्रहरीले निगरानी गरिराखेको बताउँदै भने- 'प्रहरी परिसर आएका बेला उनलाई केहीबेर अघि पक्राउ गरिएको हो'

राप्रपा महामन्त्री शरदराज पाठकले भने राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न प्रहरी परिसर पुगेका सांसद दीपक सिंहलाई बिनाकारण पक्राउ गरेर थुनामा राखिएको दाबी गरे । उनले सांसद सिंह पक्राउबारे आफूहरुलाई कुनै जानकारी नदिएको कान्तिपुरलाई बताए ।

अध्यक्ष थापा प्रदर्शनका क्रममा आइतबार दिउँसो नक्सालबाट पक्राउ परेका छन् ।

कान्तिपुर

Link copied successfully