बाढीले महेन्द्र राजमार्गको दाउन्ने, दुम्किबास र चोरमाराका वैकल्पिक सडक बगायो, यातायात ठप्प

बाढीले एउटा पिकअप भ्यान बगायो

जेष्ठ १६, २०८२

नारायण शर्मा

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstill

नवलपरासी — पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा, दुम्किबास र दाउन्नेमा निर्माण गरिएका वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको छ ।

जिल्ला प्रहरी प्रमुख यादव ढकालका अनुसार बिहीबार रातिको वर्षाले महेन्द्र राजमार्ग अन्तर्गत पर्ने चोरमारा, दुम्किबास र दाउन्ने सडकको डाइभर्सन बगाएका कारण यातायात ठप्प छ । ती स्थानमा वैकल्पिक सडक निर्माणको काम शुक्रबार बिहानबाट सुरु भएको उनले बताए ।

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstill

बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण राजमार्गको यातायात ठप्प भएको हो । त्यहाँ बाढीले तरकारी बोकेको पिकअप भ्यान पनि बगाएको छ ।

फिल्डमा खटिएका ट्राफिक प्रहरीका सई तीर्थ भुसालका अनुसार बिहान सवा २ बजेबाट राजमार्गको यातायात ठप्प छ । राजमार्ग खुलाउन त्यहाँ काम भइरहेपनि रातभरिको वर्षातका कारण कठिनाइ भएको छ ।

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstillपूर्वी नवलपरासी अन्तर्गत दुम्किबासस्थित विनयी खोलामा बिहीबार रातिको बाढीले वैकल्पिक सडक बगाइदिएको छ ।

लु ३ च ८४९३ नम्बरको तरकारी बोकेको पिकअप भ्यान बाढीले बगाएको भुसालले जानकारी दिए । भुसालका अनुसार मानवीय क्षति भने भएको छैन ।

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstillतस्बिरहरु सौजन्य : प्रमोद अर्याल

त्यसैगरि महेन्द्र राजमार्ग अन्तर्गत चोरामाराको फलामे पुल भाँच्चिएपछि निर्माण गरिएको अस्थायी सडक बगाएको छ । उता दुम्किबासस्थित विनयी खोला पुल भाँच्चिदा निर्माण गरिएको डाइभर्सन बगाएका कारण हजारौं यात्रु राजमार्गमा अलपत्र परेका छन् ।

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstill

दाउन्ने र आसपासको क्षेत्रमा बिहीबार रातभरि हल्का वर्षात भएको थियो ।

महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम छुटेका सयौँ सवारी साधन चोरमारा र बर्दघाटमा रोकिएका छन् । 

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstill

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstill

The flood has washed away alternate roads of Mahendra Highway, Dumkibas and Chormara, traffic has come to a standstill

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully