काठमाडौँ — प्रहरी नायव महानिरीक्षक पदमा बढुवा भएका ११ जनालाई प्रहरी महानिरीक्षक दिपक थापाले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिस्तरीय निर्णयबाट जेठ १३ मा एसएसपीबाट डीआईजीमा बढुवा भएका उनीहरुलाई शुक्रबार महानिरीक्षक थापाले दर्ज्यानी प्रदान गरेका हुन् ।
गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजीहरु सुदर्शनप्रसाद कोइराला, बिनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री(जि.सी), दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दिपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरूङ बढुवा भएका थिए । यससँगै उनीहरुको शुक्रबार नै पदस्थापना गरिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार कोइराला विशेष ब्युरो, घिमिरे महानिरीक्षकको सचिवालय, जिसी प्रहरी प्रतिष्ठान महाराजगञ्ज, रेग्मी अन्वेषण योजना तथा विकास योजनालय, श्रेष्ठ कर्णाली प्रदेश प्रहरी प्रमुख, देउवा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय, बस्नेत प्रदेश समन्वय विभाग, राना अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सापकोटा कार्य विभाग, दास अपराध अनुसन्धान विभाग र गुरुङ कार्य विभागमा पदस्थापना भएका छन् ।
बढुवा भएका सबै डीआईजी राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरी पछि नेपाल प्रहरीमा स्थानान्तरण गरिएका अधिकृतहरु हुन् ।
