धेरै राजनीतिक दलको आवश्यकता छैन : पोखरेल

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

There is no need for many political parties: Pokharel

काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले देशमा धेरै राजनीतिक दल नभई बलिया राजनीतिक दलको आवश्यकता रहेको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा एमालेले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘गणतन्त्र उत्सव’मा बोल्दै उनले यस्तो बताएका हुन् ।

राजनीतिक अस्थिरताका कारण नै आफूहरूले चाहेको विकास र समृद्धिको यात्रा अगाडि बढ्न नसकेको बताउँदै उनले भने, 'नेकपा (एमाले) लाई हामी बलियो राष्ट्रिय शक्तिको रूपमा, निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्न चाहन्छौँ । लोकतन्त्र र गणतन्त्रले नै त्यो बलियो र निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्न सक्छ ।' 

उनले ‘गणतन्त्र उत्सव’लाई आगामी वर्ष अझ सानदार र भव्यताका साथ देशव्यापी मनाउने बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully