अबदेखि वृद्धभत्ता पाउने उमेर ७० वर्ष* 

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

70 years old age from now*

काठमाडौँ — सरकारले आर्थिक सुधार सुझाव आयोगको सुझावअनुसार वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याएको छ ।

०७९ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता पाउने उमेर घटाएर ६८ वर्षमा झारेको थियो । जसका कारण वार्षिक २० अर्ब रुपैयाँको दायित्व सरकारलाई थपिएको पञ्जीकरण विभागले बताउँदै आएको थियो ।

गत वैशाख ६ मा बसेको मन्त्रिपरिषद् बैठकले आगामी १ वर्षभित्र वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने कार्ययोजना स्वीकृत थियो ।

* समाचारमा यसअघि भुलवश त्रुटि भएकाले सच्याइएकाे छ ।

कान्तिपुर संवाददाता

Link copied successfully