पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधन

जेष्ठ १५, २०८२

ज्योति कटुवाल

Former Minister of State Ganesh Bahadur Khadka passed away

दैलेख — कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काको निधन भएको छ । ८२ वर्षीय खड्काको बिहीबार दैलेखको नारायण नगरपालिका–७ किमुगाउँस्थित आफ्नै निवासमा निधन भएको हो ।

मन्त्री खड्का १९९९ सालमा दैलेखमा जन्मेका हुन । २०४८ र २०५१ मा प्रतिनिधिसभा सदस्य र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा समेत गरी तीन पटक सांसद बनेका खड्का २०६६ सालमा राज्यमन्त्रीसमेत बनेका थिए । 

२०२५ सालदेखि राजनीतिमा सक्रिय खड्का २०२७ देखि २०३० सम्मका कांग्रेसको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति बनेका थिए । २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनको दैलेखमा उनले नेतृत्वसमेत गरेका थिए ।

ज्योति कटुवाल कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully