काठमाडौँ — प्रमुख प्रतिपक्ष दल माओवादीले संसद् खोल्नेवारे आफ्नो अडान कायम रहेको जनाएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायम रहेको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
‘हाम्रो अडान कायम छ । गृहमत्रीले राजीनामा गर्नेमा सत्तापक्ष तयार छैन’ उनले भने, ‘छलफल जारी छ ।’
बुधबार उपप्रधान तथा अर्थमत्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ ।
