काभ्रे — प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य पूर्वाधारमा लगानी, स्थायित्व र गुणस्तर वृद्धि अत्यावश्यक रहेको बताएका छन् ।
बुधबार काभ्रेको धुलिखेलस्थित धुलिखेल अस्पतालमा निर्माण गर्न लागिएको ट्रमा सेन्टरको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वास्थ्य पूर्वाधारमा लगानी, स्थायित्व र गुणस्तर वृद्धिमा अत्यावश्यक रहेको बताएका हुन् ।
धुलिखेल अस्पतालमा स्थापना हुने नयाँ ट्रमा सेन्टरले नेपालको स्वास्थ्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने दाबी गरे । शिलान्यास समारोहमा बोल्दै, अस्पताल र चिकित्सकको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै, प्रमाणजन्य उपचार र आपत्कालीन स्वास्थ्य सेवामा यस्तो केन्द्रको आवश्यकता रहेको उनको भनाइ छ ।
नेपाल सरकार र जापानी सरकारको साझेदारीमा धुलिखेल अस्पतालमा १ सय शय्याको ट्रमा सेन्टर निर्माण गर्न लागिएको हो । ट्रमा सेन्टरको निर्माणका लागि जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी र अर्थ मन्त्रालयबीच ३.८७९ बिलियन जापानी येन लगानीको सम्झौता भइसकेको छ ।
