काठमाडौँ — प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ। मंगलबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले नैतिकताको आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो।
बैठकको निर्णय सुनाउँदै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए ।
उनले भने, ‘नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको छ। साथै आज बसेको संसदीय दलको बैठकले सम्माननीय प्रधानमन्त्रीज्युले नेपालको संविधानको ठाडो उल्लङ्घन गर्दै जेठ १५ गते हुने राप्रपा लगायत दलहरू मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ। प्रधानमन्त्रीले त्यो अभिव्यक्तिको जवाफ दिनुपर्नेछ।’
बैठकले जेठ १५ गते राप्रपा लगायत दलहरू मिलेर हुने प्रदर्शनलाई हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गर्ने निर्णय गरेको हो।
