प्रेस सेन्टरले मनायो कृष्ण सेन ‘इच्छुक’को २३औं स्मृति दिवस

कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार-२०८२ विश्लेषक नरेन्द्रजंग पिटरलाई प्रदान गरिने

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

The Press Center celebrated the 23rd Memorial Day of Krishna Sen 'Ichchuk'

काठमाडौँ — प्रेस सेन्टर नेपालले सहिद कृष्ण सेन ‘इच्छुक’को २३औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । सेन्टरको केन्द्रीय समितिको आयोजना, उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेश समितिको सहभागितामा मंगलबार काठमाडौंमा ‘इच्छुक’को स्मृति दिवस मनाइएको हो ।

कार्यक्रमको पहिलो चरणमा सेनको बारेमा प्रेस सेन्टरले तयार पारेको श्रव्य-दृश्य सामग्री प्रसारण गरिएको थियो । दोस्रो चरणमा ‘गणतन्त्र र समाजवादको यात्रा’ र ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’बारे पीसीएन संवाद गरिएको प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरले विज्ञप्तिमार्फत जानकारी दिए । 

संवादको ‘गणतन्त्र र समाजवादको यात्रा’मा माओवादी केन्द्रकी स्थायी समिति सदस्य, पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, राष्ट्रिय सभा सदस्य सुरेश आलेमगर, माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्वयुवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइली, मधेस प्रदेशका प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्व राज्यमन्त्री रहबर अन्सारी र धादिङको बेनिघाट रोराहाङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाले भाग लिए । संवादको सहजीकरण नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव रोशन पुरीले गरेका थिए । 

The Press Center celebrated the 23rd Memorial Day of Krishna Sen 'Ichchuk'

पीसीएन संवादको दोस्रो शृंखलामा ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिताका’ बारेमा संवाद भएको थियो । उक्त संवादमा अखिल नेपाल जनसांस्कृतिक महासंघका इन्चार्ज ईश्वरचन्द्र ज्ञवाली, पत्रकार किशोर श्रेष्ठ, प्रेस सेन्टरकी संस्थापक संगीता खड्का र खबरहबडटकमका सम्पादक अरुण बरालले भाग लिए । संवादको सहजीकरण पत्रकार नरेश ज्ञवालीले गरेका थिए । 

कार्यक्रममा प्रेस सेन्टरले स्थापना दिवसको अवसरमा प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कारको घोषणा गरियो । पुरस्कार छनौट सिफारिस समितिको सिफारिसबमोजिम कृष्ण सेन ‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार-२०८२ बाट लेखक, वामपन्थी विश्लेषक, पत्रकार नरेन्द्रजंग पिटर, बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार-२०८२ बाट प्रेस सेन्टर नेपालकी निवर्तमान उपाध्यक्ष तथा रेडियो नेपालमा कार्यरत पत्रकार रुबी श्रेष्ठ र शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार मनि विश्वकर्मालाई दिने भएको छ । उनीहरुलाई प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ ।

कान्तिपुर

Link copied successfully