फर्जी मतदाता पक्राउ परेपछि युवा संघको चुनावमा तनाव

जेष्ठ १३, २०८२

दीपक परियार

Tension in Yuva Sangh elections after fake voters were caught

पोखरा — पोखरामा जारी एमाले निकट राष्ट्रिय युवा संघको चुनावमा फर्जी मतदाता भेटिएपछि केहीबेर तनाव उत्पन्न भएको छ। मतदाता नामावलीमा नाम भए पनि अर्कैले भोट हालेको र नक्कली प्रतिनिधि फेला परेको भन्दै अध्यक्षका उम्मेदवार सुमन पुरी पक्षले विरोध जनाएपछि तनाव सिर्जना भएको हो।

मतदानस्थलबाट एक जना फर्जी मतदातालाई प्रहरीले पक्राउ गरेको छ।

उक्त व्यक्तिले अर्कै मतदाताको नामको नक्कली परिचयपत्रबाट मतदान गर्न खोजेपछि पुरी पक्षले मतदान स्थलमा नाराबाजी गरेका थिए। प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि स्थिति सामान्य भएको थियो। मतदानस्थलबाट चार वटा फर्जी परिचयपत्रसमेत बरामद गरिएको उम्मेदवार पुरीले बताएका छन्।

Tension in Yuva Sangh elections after fake voters were caught

युवा संघको १० औं महाधिवेशनमा क्षितिज थेबे र सुमन पुरी प्यानलबीच प्रतिस्पर्धा जारी छ। मंगलबार बिहानदेखि सुरु भएको मतदान हालसम्म चलिरहेको छ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully