गणतन्त्रविरुद्ध हुने गतिविधि सहृय छैन : एमाले 

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

Activities against the Republic are not tolerated: UML

काठमाडौँ — एमालेले गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि सहृय नहुने बताएको छ । एमाले केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले जेठ १५ मा गणतन्त्र दिवस भव्य रुपमा मनाउन पार्टी संगठनलाई निर्देशन दिने निर्णय पनि गरेको छ । 

राजावादीहरुले जेठ १५ मा प्रदर्शन गर्न लागेको सन्दर्भमा एमालेले त्यस्ता गतिविधि ‘गणतन्त्रको विपक्षमा हुने कुनै पनि अवाञ्छित गतिविधि' सहृय नहुने र त्यसको प्रतिवाद गर्न एमालेले निर्णय गरेको छ ।

‘गणतन्त्रको रक्षा र विकासका लागि पूर्ण प्रतिबद्ध रहँदै भव्य रुपमा मनाउने निर्णय गरेको छ,’ एमाले सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘गणतन्त्रविरुद्ध हुने कुनै पनि अवाञ्छित गतिविधि सहृय छैन ।’ 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले देशभर गणतन्त्र दिवस भव्य रुपमा मनाउने निर्णय गरेका बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully