१० महिनामा झण्डै ४ हजार विरोध कार्यक्रम, ५० करोड बढीको क्षति

जेष्ठ १०, २०८२

विवेक पोख्रेल

Nearly 4,000 protest events in 10 months, damage of more than 500 million

काठमाडौँ — बितेका १० महिनामा देशभरि झण्डै ४ हजार विरोध प्रदर्शन कार्यक्रम भएका छन्। प्रहरी प्रधान कार्यालयले शुक्रबार पत्रकार सम्मेलनमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी रमेश थापाले बितेका १० महिनामा १२ हड्ताल, १२ चक्काजाम, ८१६ तालाबन्दी, ७८२ धर्ना, १३४ अनसन, ११८ बाटो अवरोध र २ हजार ८९ विरोध र्‍यालीसहित ३ हजार ९ सय ६३ विरोध तथा प्रदर्शनका कार्यक्रम भएको जानकारी दिए। 

उनका अनुसार प्रदर्शनका यो समयमा देशभरि ७६ सवारीमा आगजनी र ३१ सवारीमा तोडफोड भएको थियो । विरोध तथा प्रर्दशनको क्रममा भौतिक पूर्वाधार तर्फ ४० करोड ७५ लाख ११ हजार ८८७ रुपैयाँ र सवारी साधन तोडफोड, आगजनीतर्फ ९ करोड ५१ लाख ४० हजार ३६५ रुपैयाँ गरेर ५० करोड २६ लाख ५३ हजार २५२ रुपैयाँ अनुमानित क्षति भएको छ।

Nearly 4,000 protest events in 10 months, damage of more than 500 million

यो समयमा प्रहरीले ६ सय ६६ जनालाई नियन्त्रणमा लिएको थापाले जानकारी दिए । थापाका अनुसार नियन्त्रणमा लिइएकामध्ये ५ सय ३० जनालाई सामान्य तारिखमा छाडिएको थियो भने १ सय ३६ जनालाई कानूनी कारबाहीमा ल्याइएको छ।

जसमध्ये संगठित अपराधमा ६५ जना, राज्यविरुद्ध तथा संगठित अपराधमा २७ जना, अभद्र व्यवहारमा २४ जना, हुलदंगा गर्न नहुने र आपराधिक उपद्रवमा १८ जना र आपराधिक उपद्रवमा २ जना रहेको थापाले बताए।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully