कमला नदीको पुल पुनर्निर्माण यथाशीघ्र गर्न पहल गर्छु : गृहमन्त्री लेखक

जेष्ठ ९, २०८२

विनय आजाद

I will take initiative to rebuild the bridge of Kamala river as soon as possible: Home Minister Author

सिरहा — गृहमन्त्री रमेश लेखकले कमला नदीको पुल पुनर्निर्माण यथाशीघ्र गराउन आफूले पहल गर्ने बताएका छन् । कमला पुल निर्माणस्थल बसबिट्टामा शुक्रबार निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

यो पुल निर्माणमा राज्यको कमजोरी भएको स्वीकार गर्दै लेखकले अहिलेको सरकार यसप्रति गम्भीर रहेको बताए । ‘यो पुल हुलाकी राजमार्गकै मेरुदण्ड हो, यसले यस क्षेत्रको जनजीवनमा कस्तो असर पारेको छ भन्ने कुरा मैले बुझेको छ,’ उनले भने, ‘यसमा राज्य चुकेकै हो, तर अहिलेको सरकार यसप्रति गम्भीर छ ।’

गृहमन्त्री लेखक २०७३ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा पनि कमला पुगेका थिए । त्यसक्रममा उनले अनुगमन गर्दै चाँडै नै पुल निर्माण सकेर सञ्चालन हुने बताएका थिए ।

कमलामा २०६८ जेठ ३१ देखि नै पुल निर्माण भइरहेको छ । तर, १४ वर्षसम्ममा पनि यो पुल बन्न सकेको छैन । पटक–पटक म्याद थप भएर निर्माणको अन्तिम चरणमा पुगेको यो पुल ०७८ असार १७ मा सामान्य बाढी थेग्न नसकी भासिएको थियो । पुल भासिएपछि पुनः पुनर्निर्माण थालिए पनि अहिलेसम्म पुलको दुवै तर्फको पाया मात्र ठड्याइएको छ ।

I will take initiative to rebuild the bridge of Kamala river as soon as possible: Home Minister Author

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully