प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

जेष्ठ ५, २०८२

रासस

Summit Air's plane landed safely in Kathmandu after a technical problem

काठमाडौँ — काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्विनअटर विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई सुरक्षित रूपमा काठमाडौँमा अवतरण गराइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार, बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि प्राविधिक समस्या देखिएको थियो। त्यसपछि विमानचालकले विमानलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए। बिहान ७ बजेर २४ मिनेटमा विमान सुरक्षित अवतरण गरिएको थियो ।

विमानको इञ्जिनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ। उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए। यात्रुहरू सबै सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाएको छ।

रासस

Link copied successfully