अनुमतिबिना प्लटिङ, सामुदायिक वनमा पहिरो

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

Plotting without permission, landslides in community forests

काठमाडौँ — भक्तपुरको सुर्यविनायक नगरपालिका-९ स्थित काक्रेबारीमा भइरहेको प्लटिङले सामुदायिक वन मिचेको भन्दै प्रहरीले थप काम गर्न रोकेको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोपाल अर्यालले नियमविपरीत प्लटिङ भईरहेको बताए ।

उनले भने, ‘केही सार्वजनिक जग्गा मिचिएको देखिन्छ । तत्काल काम रोकेर छानबिन गर्न प्रहरीलाई भनेको छु ।’ प्रजिअ अर्यालले हाउजिङ कम्पनीले उपत्यका विकास प्राधिकरण र नगरपालिकाबाट पनि स्विकृती नलिएको बताए ।

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक माधव बुढाथोकीले भने प्रमुख जिल्ला अधिकारीको पत्र पछि हामीले स्थलगत अध्ययन गरेर प्लटिङको काम रोकीसकिएको बताए । उनले भने, ‘दस दिन अघि नै हामी फिल्डमै गएर काम रोक्न भनेका छौं ।’ निक भुजिकिक जग्गा विकास आयोजनाले प्लटिङका क्रममा आडैमा रहेको सामुदायिक वन क्षेत्र समेत अतिक्रमण गरेको केही स्थानियहरुले बताए ।

सुरक्षाको कारण बताउँदै नाम उल्लेख नर्गने सर्तमा एक स्थानियले २५ रोपनीभन्दा बढी सामुदायिक वन अतिक्रमण भएको तर शक्तिका कारण कोहीपनि खुलेर बोल्न नसकिरहेको बताए । उनले भने, ‘१५/२० वठटा डोजर रातदिन चलिरहेका छन् । बनको साँधभन्दा माथिसम्म खोस्रिने काम भएको छ । ठाउँ ठाउँमा स–सानो पहिरो गएको छ । यो वर्षामा ठूलो पहिरो गयो भने बस्तीसम्म पुग्छ ।’

Plotting without permission, landslides in community forests

वडा नम्बर ९ का अध्यक्ष भगवान खत्रीले प्लटिङकै विषयलाई लिएर केही दिन अघि ४०–५० जना स्थानियको हस्ताक्षर सहितको डेलीगेसन टोली वडा कार्यलयमा आएको बताए । खत्रीले स्थानियले प्लटिङकको काम रोकिदा डोजर लगाएको ठाउँबाट पहिरो जाने खतरा भएको बताएको सुनाए । उनले भने, ‘सामुदायिक वनको जग्गा मिचिएको भन्ने कुरा आए पनि हामी त्यसो हुन दिन्नौं ।’

निक भुजिकिक जग्गा विकास आयोजनाका संचालक डिल्लीराज बरालीले आफूहरुले प्लटिङको काम थाल्नुअघि वडाबाट स्विकृति लिएको, दुई पटकसम्म स्थानियहरुको भेला डाकेर सार्वजनिक सुनवाइ गरेको र प्रारम्भिक वातावरणीय मूल्याकंन गरिएको दाबी सुनाए ।

उनले प्रस्तावित रुपमा ४ सय रोपनीमा प्लटिङ सुरु गरे पनि नगरपालिका र उपत्यका जग्गा विकास प्राधिकरणबाट अनुमति नलिएको बताए । भने, ‘एक साता जति अघि सिडियोले प्रहरीमा पत्र पठाएपछि हाम्रा काम रोकिएको छ । तर किन रोकियो भनेर हामी बुझ्ने प्रक्रियामा छौं ।’

Plotting without permission, landslides in community forests

सञ्चालक बरालीले प्लटिङको काम गर्ने क्रममा एक ठाउँमा सामुदायिक जंगलतिरको भाग भत्केको भने बताए । उनले भने, ‘५/७ रोपनी भन्दा धेरै जग्गा ‘भत्केको’ छ । हामीले काम सक्ने बेलामा त्यो ठाउँमा पर्खाल लगाउँछौं । सरकारी जग्गा मिच्ने वा हडप्ने भन्ने कुरा झुटो आरोप मात्रै हो ।’

Plotting without permission, landslides in community forests

Plotting without permission, landslides in community forests

कान्तिपुर

Link copied successfully