रसुवा भन्सार नाकाबाट ७ किलोभन्दा बढी सुन बरामद

केरुङबाट स्याउ ल्याएको कन्टेनरमा 'फल्स बटम' बनाएर लुकाइएको थियो सुन

जेष्ठ ४, २०८२

ऋषिराम पौड्याल

More than 7 kg of gold recovered from Rasuwa customs post

काठमाडौँ — रसुवा भन्सार नाकाबाट करिब ७ किलो सुन बरामद भएको छ । केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा उक्त परिमाणको सुन बरामद भएको हो । रसुवा भन्सार कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईले ७ वटा बिस्कुट र केही साना टुक्रामा सुन बरामद भएको कान्तिपुरलाई जानकारी दिए । 

प्रमुख भट्टराईका अनुसार बरामद सुनको तौल करिब ७ किलो ६ सय ग्राम रहेको छ । सीमावर्ती चिनियाँ बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको उनले बताए । चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको उनको भनाइ छ ।

चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप जाँचका लागि सुन बैंकमा लगिएको पनि भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ हुन थालेपछि सुन तस्करीका लागि तस्करहरूले उत्तरी नाका प्रयोग गर्न थालेका छन् । 

ऋषिराम पौड्याल

Link copied successfully