काठमाडौँ — नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले विपद्मा परी घाइते भएका नागरिकको सरकारले नि:शुल्क उपचार गर्नुपर्ने बताएका छन्।
उनले वर्षायाम सुरु हुँदै गर्दा देशभर विपद्को जोखिम बढेको भन्दै सजगता अपनाउन समेत आग्रह गरेका छन्।
शुक्रबारको हावाहुरीबाट विभिन्न जिल्लामा धनजनको क्षति भएकोप्रति दुख व्यक्त गर्दै नेता कोइरालाले विपद्का घटनाबाट जोगिन सजगता अपनाउन र नियन्त्रणमा राज्यका सबै संरचना सक्रिय बन्नुपर्ने बताएका हुन्।
'हिजोको हावाहुरीबाट भएको धनजनको क्षतिप्रति दु:खी छु । मृतकप्रति श्रद्धान्जली, परिवारप्रति समवेदना । घाइतेको उपचारको निशुल्क प्रबन्ध मिलोस् । यो विपद्को बेलामा थप सजगता अपनाउन सबैमा आग्रह गर्दछु,' कोइरालाले शनिबार सामाजिक सञ्जालमार्फत् भनेका छन्, 'विपद् प्रभावित नागरिकको जीवन रक्षाका लागि राज्यका सबै संरचना सक्रिय बन्नुपर्छ ।'
