वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

जेष्ठ ३, २०८२

रासस

Special Envoy of Qatar meets with Forest Minister Shahi

काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहेका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गरेका छन्।

सगरमाथा संवाद स्थलमा आज भएको भेटमा उनीहरुबीच दुई देशबीचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री शाहीले दुई देशबीच वन तथा वातावरण, प्रविधि हस्तान्तरण, प्रदूषण नियन्त्रण र नवप्रवर्तन क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने उल्लेख गरेका थिए। 

साथै नेपालले कतार सरकारलाई उपहारस्वरुप उपलब्ध गराइने भनिएको एक जोडी हात्ती प्रदान गर्नका लागि प्रक्रिया अघि बढाउन एक महिनाभित्र पत्राचार गरिने मन्त्री शाहीको भनाइ थियो । मन्त्री शाहीको प्रस्तावप्रति विशेष दूत दफाले आभार व्यक्त गरेका थिए।

रासस

Link copied successfully