पछिल्लो २४ घण्टामा आएको हावाहुरीले देशभर ४ जनाको मृत्यु, २८ घाइते

जेष्ठ ३, २०८२

विवेक पोख्रेल

In the last 24 hours, 4 people died and 28 were injured in the storm

काठमाडौँ — देशैभर शुक्रबार आएको भीषण हावाहुरीका कारण ४ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। हावाहुरीका कारण घर र सवारीसाधनमा समेत क्षति पुगेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार मृत्यु हुनेमा कपिलवस्तुकी १४ वर्षीया शुकना केवट, बाराकी ५४ वर्षीया रम्भा देवी धानुक, नवलपरासी पश्चिमकी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुन रहेका छन्।

प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार हावाहुरीका कारण ६ वटा घर र २ वटा गोठमा पनि क्षति पुगेको थियो।

हावाहुरीसहितको वर्षाले पूर्वी नवलपरासीको कावासोतीमा रहेको नवलपुर एफएम १०४.४ मेगाहर्जको टावरमा समेत क्षति पुर्‍याएको थियो। टावर ढलेपछि सो रेडियोको प्रसारण रोकिएको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार हावाहुरीले १ अर्ब ८ करोड ४४ लाख ५ सय रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। हिजो देशभर १८ ठाउँमा आगलागी र ५९ ठाउँमा चट्याङ परेकाले प्रहरीले विपद् घटनाको संकलन गरेको छ।

In the last 24 hours, 4 people died and 28 were injured in the storm

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully