हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Protecting the mountains means protecting the earth, oceans and humanity: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र स्वयम् मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन्।

शुक्रबारदेखि काठमाडौँमा सुरु भएको सगरमाथा संवादको उद्‌घाटन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथा संवादलाई विश्वव्यापी संवादका रुपमा नेपालले थालनी गरेको बताए। 

उनले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र-इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा  सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको थालनी गरिएको बताए।

'आशा गछौँ, यो संवाद त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्,' प्रधानमन्त्री ओलीले भने, 'हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् । तर अझै, हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन् ।'

कान्तिपुर संवाददाता

Link copied successfully