कांग्रेस-एमालेको बलियो सरकार भए पनि जनअपेक्षाअनुसार काम भएन : नेता साउद 

जेष्ठ २, २०८२

सन्तोष सिंह

Even though there is a strong Congress-UML government, it did not work according to people's expectations: Leader Saud

धनुषा — कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले कांग्रेस-एमाले दुई तिहाइको मजबुत सरकार भए पनि सोचेअनुसार काम नभएको बताएका छ्न् ।

 जलेश्वरमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्बोधन गर्दै उनले कांग्रेस र एमालेको गठबन्धनमा बनेको वर्तमान सरकार दुई तिहाइको बलियो सरकार भए पनि जनताले अपेक्षा गरेजस्तो काम गर्न नसकेको टिप्पणी गरे । 

दुई तिहाइको मजबुत सरकार हुँदा पनि अध्यादेशमार्फत कानुन निर्माणको प्रयास गर्नु लोकतान्त्रिक अभ्यासको अपमान हुने उनको भनाइ थियो । 'जनताको प्रत्यक्ष प्रतिनिधित्व रहेको संसदमार्फत विधेयक ल्याएर कानुन निर्माण गर्नु नै संविधानको मर्म हुनेछ,' उनले भने ।

पार्टीभित्रको संगठन सुदृढीकरण, युवा सहभागिता र सामाजिक न्यायमा आधारित समाजवादतर्फ कांग्रेसले नेतृत्व लिनुपर्ने बेला आएको उनले बताए ।

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully