काठमाडौँ — सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादव पाँच लाख ७० हजार घुस रकमसहित पक्राउ परेका छन् ।
खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस/रिसवत लिएको अवस्थामा इन्जिनियर यादवलाई बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट नियन्त्रणमा लिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।
