काठमाडौँ — राष्ट्रिय परिचयपत्र वितरणको सुस्त प्रगती प्रगति महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा एक वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्न अभियान सञ्चालन गर्ने भनिए पनि त्यसअनुसार काम नभएको प्रतिवेदनले भनेको छ ।
गत वर्ष लेखापरीक्षण गरिएको अवधिसम्म ८ लाख ६७ हजार थान परिचपत्र मात्र वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ । १ करोड ५२ लाख ७ हजार व्यक्तिको विवरण संकलन गरिएको त्यसमध्ये ४३ लाख २८ हजार थान परिचयपत्र छपाई गरी त्यसको २० प्रतिशत मात्र वितरण गरिएको प्रतिवेदनमा भनिएको छ । कार्य योजनाअनुसार समयमा कार्य सम्पन्न गर्नुपर्ने महालेखापरीक्षकको प्रतिवेदनमा सुझाइएको छ ।
गृह प्रशासन सुधार कार्ययोजना, २०७८ अनुसार २ करोड नागरिकका लागि विवरण संकलन र १ करोड नागरिकलाई २ वर्षभित्र राष्ट्रिय परिचपत्र वितरण गर्ने लक्ष्य अनुसारको काम नभएको प्रतिवेदनमा औंल्याइएको छ ।
नागरिकको वैयक्तिक तथा जैविक विवरण समेटिएको एकीकृत राष्ट्रिय परिचपय व्यवस्थापन सूचना प्रणालीको विकास गरी सबै नागरिकले परिचपत्र लिनुपर्ने अभियान सरकारले चालाएको छ ।
