महालेखापरीक्षकको प्रतिवेदन : वैदेशिक सहायता अनुमानभन्दा धेरै कम

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

Auditor General's Report: Foreign Aid Far Below Estimates

काठमाडौँ — आर्थिक वर्ष २०८०/८१ मा सरकारले अनुमान गरेको तुलनामा ५४ प्रतिशत मात्र वैदेशिक सहायता प्राप्त भएको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ।

संघीय सञ्चित कोषको आर्थिक विवरण अनुसार, उक्त आर्थिक वर्षमा वैदेशिक अनुदान ५४ अर्ब ९४ करोड र वैदेशिक ऋण २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको थियो। तर अनुमान गरिएको तुलनामा करिब आधा मात्र वैदेशिक सहायता प्राप्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

महालेखाको प्रतिवेदन अनुसार, उक्त वर्षमा प्राविधिक सहायताबाहेक २३ अर्ब ५४ करोड रुपैयाँ अनुदान प्राप्त भएको थियो। यो रकम अनुमान गरिएको रकमको ४६.६४ प्रतिशत मात्र हो। त्यस्तै, बजेट वक्तव्यमा उल्लेख गरिएको अनुमानको तुलनामा वैदेशिक ऋण ५५.९६ प्रतिशत मात्र आएको थियो।

उक्त वर्षमा सरकारले १ खर्ब १९ अर्ब ६ करोड रुपैयाँ वैदेशिक ऋण प्राप्त गरेको थियो। अनुदान र ऋण गरेर कुल १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको हो। यो सरकारले अनुमान गरेको कुल वैदेशिक सहायता रकमको ५४.१९ प्रतिशत मात्र हो।

कान्तिपुर संवाददाता

Link copied successfully