महालेखापरीक्षकको वार्षिक प्रतिवेदन : सबैभन्दा धेरै बेरुजु मधेश प्रदेशमा, कम बागमतीमा

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

Auditor General's Annual Report: Most in Beruzu Madhesh Province, less in Bagmati

काठमाडौँ — मधेश प्रदेशमा सबैभन्दा बढी बेरुजु देखिएको छ। महालेखापरीक्षकको वार्षिक प्रतिवेदन अनुसार संघको लेखापरीक्षण अंकको तुलनामा १ दशमलव ३६ प्रतिशत बेरुजु रहेको छ।

‘प्रदेश सरकारतर्फ लेखापरीक्षण अंकको तुलनामा १.३६ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी मधेश प्रदेशको २.५७ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशको ०.८२ प्रतिशत रहेको छ,’ प्रतिवेदनको सारांशमा उल्लेख गरिएको छ, ‘स्थानीय तहतर्फ लेखापरीक्षण अंकको तुलनामा २.२६ प्रतिशत बेरुजु कायम भएको छ।’

यो वर्षको लेखापरीक्षणबाट ५ प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तह ६९२ रहेका छन् भने ५ देखि १५ प्रतिशतसम्म बेरुजु हुने ६८ र १५ प्रतिशतभन्दा बढी बेरुजु हुने १ स्थानीय तह रहेको जनाइएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully