नवलपरासी — पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत कावासोती दुम्कीबास खण्डको बीचमा पर्ने चोरमारामा पुल भाँच्चिएको छ । पुल भाँच्चिएपछि अलपत्र परेका सवारी साधनलाई वैकल्पिक सडकबाट वारपार गराइएको छ । भाँच्चिएको पुलमा जोखिमलाई ध्यानमा राख्दै यातायात आवागमन रोकिएको छ ।
जिल्ला प्रहरी उपरीक्षक यादव ढकालका अनुसार चोरमारा बजारबाट केही तल हुँदै गाडी वारपार गराइएको छ । चोरमारा बजारबाट दक्षिणमा रहेको नवजागरण क्याम्पस नजिकबाट गाडी पूर्व–पश्चिम जाने वैकल्पिक सडकबाट गाडी वारपार गराइएको छ । साना र यात्रुवहाक गाडीलाई प्राथामिकतामा राखेर यातायात सञ्चालन गराइएको उनले जानकारी दिए ।
२०३१ सालमा निर्माण गरिएको जीर्ण फलामे पुल सोमबार राति करिब १० बजे लच्किएपछि त्यहाँ यातायात आवागमन बन्द गराइएको हो । नारायणगढदेखि ४२ किलोमिटर पश्चिममा रहेको फलामे पुल लच्किएका कारण राजमार्ग अवरुद्ध भएको थियो ।
महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीकै दुम्कीबासको फलामे पुल भाँच्चिएको ४ महिनापछि त्यस्तै प्रकृतिको चोरमारा पुल भाँच्चिएको हो ।

![This is the broken Chormara Bridge [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/chor-mara-pool-5-1352025061831-1000x0.jpg&w=1001&h=0)