प्रिन्टिङ मेसिनमा समस्या आएपछि रोकियो लाइसेन्स छपाइ

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

The printing of the license was stopped due to a problem with the printing machine

काठमाडौँ — यातायात व्यवस्था विभागले अत्यावश्यक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ बन्द गरेको छ ।

आइतबार सार्वजनिक सूचना जारी गर्दै विभागले प्रिन्टिङ मेसिनमा समस्या आएका कारण लाइसेन्स छपाइ कार्य बन्द भएको जानकारी गराएको हो ।

अध्ययन तथा रोजगारीमा विदेश जाने नेपाली, शान्ति सेना, नेपाल प्रहरी र गैरआवासीय नेपालीका लागि हुँदै आएको लाइसेन्स छपाइ बिहीबारदेखि बन्द भएको जनाइएको छ ।

विभागका सूचना अधिकारी गणेशमानसिंह राईले अत्यावश्यकका साथै आम सर्वसाधारणको लाइसेन्सको छपाइ पनि बन्द भएको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully